नियम १७
संस्था वा संघको कोष

(१) प्रत्येक संस्था वा संघको एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहने छन्।

(क) ऋण लगायत संस्था वा संघले आर्जन गरेका सबै किसिमको आम्दानी,
(ख) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,
(ग) विदेशी सरकार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त रकम,
(घ) कुनै संस्था वा संघले शेयर विक्री गरे वापत प्राप्त रकम र सदस्यता वापत प्राप्त शुल्क,
(ङ) अन्य स्रोतबाट प्राप्त रकम ।

(२) उपनियम (१) बमोजिमको कोषको रकम विनियममा व्यवस्था भए बमोजिमको कार्यमा खर्च गरिनेछ ।

(३) संस्था वा संघले विदेशी सरकार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट ऋण तथा अनुदान रकम प्राप्त गर्नु अघि नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।

(४) उपनियम (१) बमोजिम संस्था वा संघलाई प्राप्त हुने सबै रकम नेपाल भित्रको कुनै बैंकमा संस्था, संघको नाममा खाता खोली जम्मा गरिनेछ ।

(५) उपनियम (१) बमोजिमको कोषको खाताको सञ्चालन समितिले तोकेको सञ्चालक र व्यवस्थापकको संयुक्त दस्तखतबाट हुनेछ ।